यहि फागुन २१ गते
बज्नेछ घण्टी मोरङ ३ मा पनि ।
म गणेश कार्की, पथरी शनिश्चरे ४ को स्थायी बासिन्दा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य हुँ भने अब हुन गइरहेको संसदीय निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाको तर्फबाट उम्मेदवार बनेको छु । संसद एकअर्कालाई गाली गर्ने, व्यक्तिगत आरोप–प्रत्यारोप र छेडखानी गर्ने मात्र नबनोस् । नागरिकले उठाएका विषय र दिएको मतको सम्मान गर्दै ती आवाजहरू जस्ताको त्यस्तै संसदमा उठाउन सकिने थलो नै संसद बनोस् भन्ने मेरो चाहना हो । मोरङ ३ का मुद्दालाई राष्ट्रिय मुद्दा बनाउन सकूँ । र, संसदमा उठाएका मुद्दाहरू र बहसले ममाथि लगानी गरिएका मतहरूले गौरव गर्न सकून् ।
कृपया, ध्यान दिनुहोस्
पक्कै पनि सबैले आत्मसाथ गरिसकेको कुरा हो कि अब पुरानै शैली र सोचबाट देश चल्दैन । नयाँ प्रविधि, नयाँ संरचना र बदलिँदो सामाजिक चेतना बुझ्ने प्रतिनिधिको आवश्यकता छ भन्ने जनभावनाअनुसारको प्रतिनिधि बन्न सक्छु भन्ने मेरो दाबी हो । समाजको बदलिँदो चेतनाअनुसार परिवर्तनका लागि प्रभावकारी रूपमा लबिङ गर्न सक्ने क्षमता मसँग छ । यही सामाजिक चेतनालाई संसदमा पुर्याएर बलियो नीतिगत आधार निर्माण गर्न नै मेरो उम्मेदवारी हो ।
मेरो उम्मेदवारी किन ?
मेरो उम्मेदवारी परिवर्तनका लागि हो । राष्ट्रिय राजनीतिमा नीतिगत सुधार नभएसम्म वास्तविक परिवर्तन सम्भव हुँदैन भन्ने कुरा जनतामाझ स्पष्ट पार्नु मेरो उद्देश्य हो । राम्रो नीति बनेमा मात्रै देशमा सकारात्मक परिवर्तन सम्भव हुन्छ भन्ने दृढ विश्वासका साथ भोलि संसदमा पुगेर नीतिगत सुधारका लागि काम गर्ने संकल्प बोकेको व्यक्ति भएकाले म उम्मेदवार बनेको हुँ ।
मेरा एजेन्डा के–के छन् ?
मेरो दल रास्वपाको वाचापत्र नै मेरो पनि एजेन्डा हो । त्यस्तै मोरङ–३ मा रहेका सीमसार क्षेत्र, जंगल, धार्मिक वन, सुकुम्बासी समस्यालगायत विषयलाई स्थानीय मात्र नभई राष्ट्रिय समस्याका रूपमा पहिचान गरी समाधान खोज्ने मेरो प्रयास रहनेछ । नीतिगत सुधारसँगै आफ्नो क्षेत्रको समग्र विकासका लागि संसदमा प्रभावकारी रूपमा आवाज उठाउने र लबिङ गर्ने मेरो प्रतिबद्धता छ ।
म कस्तो संसद चाहन्छु ?
म चाहने संसद पारदर्शी होस् । त्यहाँ ह्वीपको दबाब नहोस् । राम्रा नीति भए पक्ष–विपक्ष नहेरी सहमति खोज्ने संस्कार विकास होस् । संसद एकअर्कालाई गाली गर्ने, व्यक्तिगत आरोप–प्रत्यारोप र छेडखानी गर्ने थलो नबनोस् । नागरिकले उठाएका विषय र दिएको मतको सम्मान गर्दै ती आवाजहरू जस्ताको त्यस्तै संसदमा उठाउन सकिने थलो नै संसद बनोस् भन्ने मेरो चाहना हो ।
"मेरो भाषा, मेरो पहिचान । मेरो विचार, मेरो स्वभिमान ।।"
म गणेश कार्की, पथरी शनिश्चरे ४ को स्थायी बासिन्दा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य हुँ भने अब हुन गइरहेको संसदीय निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाको तर्फबाट उम्मेदवार बनेको छु ।
मेरा लेखहरू
FAQ
Got questions? Explore my FAQ section to find the information you need to help you get started on your journey to personal and professional growth.